दिल्लीका रुपेन्द्र सिंह विश्व प्रसिद्ध वक्तृत्व प्रतियोगितामा

काठमाडाैँ – दिल्लीका रुपेन्द्र सिंहले ७ सय २० प्रतिस्पर्धीलाई पछिपार्दै डिष्ट्रिक लेबल टोष्टमास्टर कम्पीटीसन जीतेका छन् ।

यो जीतसँगै उनी विश्व पब्लिक स्पिकीङ्ग च्याम्प्यिनसिपको सेमिफाईनल राउण्डमा प्रवेश गरेका छन् । जसको सेमिफाइनल राउन्ड अगस्ट २५ मा अमेरिकाको शिकागोमा हुन गइरहेको छ ।

टर्निङ पोइन्ट टोस्टमास्टर क्लब दिल्लीका रुपेन्द्रले टफ कम्पीटीसनमा विजयी हुनको लागि जर्जहरुको अगाडि म किन ? भन्ने विषयमा स्पिच दिएका थिए, जसमा उनले आत्मावास्तविकरण, प्यासन तथा आत्माविश्वास प्रदर्शन गरेका थिए ।

दर्शकहरुसँगको सम्बन्धका बारेमा उनले भने ‘मुख्य सफलताको साँचो भनेको कथाबस्तुलाई विषयसँग सम्बन्धित तथा सम्मोहित पार्ने किसिमको हुनु पर्छ ।’

रुपेन्द्रले विश्वका १ सय ५ डिस्ट्रीक लेबलका विजेताहरुसँग प्रतिस्पर्धा गर्नेछन्, जुन स्थानमा आईपुग्न उनले ६ महिनाको विभिन्न चरण पार गरेर क्लब, एरिया, डिभिजन र डिष्ट्रीक लेबलको कम्पिटीसनमा जितेर आएका हुन् । यस प्रतियोगितामा ५ देखि ७ मिनेटको टाईमको स्पिचमा आफ्नो क्षमता प्रस्तुत गर्नू पर्नेछ ।

टोस्टमास्टर स्पिच कन्टेस्ट एउटा कन्फिडेन्स निर्माण गर्ने, क्षमता तिखार्ने तथा धेरै दर्शकहरुको अगाडि बोल्न सिकाउने माध्यम हो । रुपेन्द्रले भने ‘म ठूलो स्थानमा धेरै क्षमतावानहरुसँग कम्पिटीसन गर्न उत्साहित छु ।’

उनले एक इन्डीपेन्डेन्ट ट्रेनिङ कन्सल्ट्यान्सी चलाउने गरेका छन् । टोस्टमास्टर एक अन्तर्राष्ट्रिय स्पिच कन्टेस्ट सन् १९३८ मा सुरु भएको थियो, जसमा विश्वका ३० हजार भन्दा बढि सदस्यहरु विश्वका १ सय ४१ देशबाट भाग लिइरहेका छन् । यो प्रतियोगिताको फाईनल विश्वको प्रख्यात पब्लिक स्पिकिङ च्याम्पियसिपसँगै समापन हुनेछ ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्