आँसु पनि बोझ बिनाको बग्ने उमेर, बालपान

के माग्छौ भनि कसैले सोधे म माग्थेँ बालापन…

काठमाडौँ – सुर्ताको धर्सा देखिँदैन । न देखिन्छ अभावको बोझ । देखिन्छ त केवल निश्चल मुस्कान । आँसु पनि बोझ बिनाको बग्ने उमेर, बालपान ।

हुर्किँदै जाँदा अनुहारमा मुस्कान ठाउँमा हिँड्नु पर्ने लामो बाटोका धर्साहरु र त्यसका लागि गरिएका प्रयास, सफलता–असफलता अनि अप्ठ्यारा–सजिलाहरु झल्किन्छन् ।

हाँस्दै गरेका वा नाकमा सिंगान सुकाउँदै दाैडिँदै गरेका बच्चालाई थाहा हुँदैन सायद त्यो मुस्कानको अर्थ। तर उनीहरुलाई हेर्दै गरेका वयस्कहरु भने आफ्नो बालापनमा फर्किन्छन् । फर्किन मिल्दैन तर त्यहि समयमा फिर्न पाए भन्ने चाहले सताउँछ ।

हाँदै–रुँदै हुर्किँदै गरेका केही बालबालिकाका तस्बिर देश सञ्चारकी बर्षा शाहले खिचेकी छन् । उनले यी तस्बिरमा बालपान र त्यसमा जोडिएका जीवनका विभिन्न पक्षहरुलाई समेट्ने प्रयास गरेकी छन्।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू