जनकपुरमा प्रधानमन्त्री ओलीको विरोध, कालो झण्डा र प्लेकार्डसहित प्रर्दशन 

जनकपुरधाम  – प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपाका केही कार्यकर्तासहित स्थानीय युवाहरुले विरोध गेका छन् ।
मधेसका मुद्धालाई बेवास्ता गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा र प्लेकार्ड देखाएर विरोध गरेका छन् । यसैक्रममा करिब १० जना युवाहलाई प्रहरीले आफ्नो नियन्त्रणमा समेत लिएको छ ।
जनकपुरधामको विमानस्थल नजिक श्यामचोकमा विरोध गरि रहेका युवाहरु सरोज मिश्र, जानी खान, प्रशांत झा, संजय यादव, कमलेश यादव, पंकज साह, सोनु साह, परमेश्वर झा, आदित्य नेपाल र आशुतोष झालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्ने मध्ये जानी खानलाई जिल्ला प्रहरी कार्यालय धनुषामा र बांकी युवाहरुलाई अहिले प्रहरी चौकी हनुमान नगर मा राखिएको युवा नेता तथा राजपाका कार्यकर्ता प्रशान्त झाले देश सञ्चारलाई बताएका छन् ।
भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्