निक–प्रियंका इनगेजमेन्ट

निक जोनसले लगाए कुर्ता–पाइजामा, प्रियंका कुर्ता–सलवारमा

बलिउडपछि हलिउडमा पनि आफ्नो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनसको शनिबार भारतीय परम्परा अनुसार इनगेजमेन्ट हुँदैछ ।

मुम्बईमा निक र प्रियंकाको भारतीय परम्परा अनुसार इनगेजमेन्ट (रोका) हुँदैछ । निक शुक्रबार बुवाआमासहित मुम्बई आइपुगेका थिए । निकले कुर्ता पाइजामा लगाएको तस्बिर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

गएको जुलाई १८ मा प्रियंकाको जन्मदिनको अवसरमा निक र प्रियंकाले औँठी साटासाट गरेर इनगेजमेन्ट गरेका थिए । त्यसलाई उनीहरुले मुम्बईमा औपचारिकता दिन लागेका हुन् ।

दुवैले अहिलेसम्म औपचारिक रुपमा यो सम्बन्धका बारेमा केही बताएका छैनन् । तर नकारेका पनि थिएनन् ।

प्रियंका निक जोनस भन्दा १० वर्ष जठी छन् । दुवैको पहिलो भेट ‘मेट गाला– २०१७’ मा भएको थियो । त्यसको एक वर्षपछि उनीहरुको प्रेम सम्बन्ध सार्वनजनिक भएको हो ।

यी दुईको सम्बन्धमा न उमेर, न बाँचेको फरक धरातल र संस्कृति या छालाको रंगले प्रभाव पारेको देखिएको छैन । प्रियंका निक भन्दा १० वर्ष जेठी छन्, तर प्रेमले दुवैलाई समतल बनाएको छ, एकतामासले बगेको पानी जस्तै ।

प्रियंका र निक दुवैको यो पहिलो प्रेम सम्बन्ध भने होइन । यी दुवैका यसअघिका विभिन्न प्रेम सम्बन्धहरु चर्चामा रहेका थिए । निक जोनस प्रियंका भन्दाअघि ओलिभिया कुल्पोसँग प्रेम सम्बन्धमा थिए ।

गएको मे  मा प्रियंका र निकको प्रेम प्रशंग सार्वजनिक भएपछि धेरैपटक यो जोडी साथमा देखिएको छ । प्रियंकाको परिवारसँग भेट्नका लागि निक यसअघि पनि भारत आएका थिए ।

 

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्