धेरैको मन तोडेर दुई मुटु जोडिएको खबर

प्रियंका र निक जोनसले आफ्नो इन्गेजमेन्टको खबर गरे सार्वजनिक

भारतमा ‘देशी गर्ल’ भनेर चिनिने अन्तर्राष्ट्रिय कलाकार प्रियंका चोपडाले अमेरिकाको हट निक जोनसलाई आफ्नो सपनाको राजकुमारको रुपमा पाउँछिन् भन्ने बोरमा कस्ले सोचेको थियो होला र?

तर यो कहिल्यै कल्पना पनि नगरिएको कुरा यथार्थ भएको छ। यी दुवैले आफ्नो इन्गेजमेन्टको खबर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। यी दुई अत्यन्तै सुन्दर जोडीलाई हेर्न सबै लालायित छन्।

शनिबार प्रियंका र निकको ‘रोका’को धेरै किसिमका तस्बिरले इन्टरनेट सामाजिक सञ्जालमा ठाउँ पाए। तर यी दुईले आफ्नो अफिसियल एकाउन्टबाट इन्गेजमेन्टको कुरा सार्वजनिक गरेका थिएनन्। तर उनीहरुले सम्भवभएसम्म राम्रो, मायालु तरिकाले तस्बिर सहितको खबर सार्वजनिक गरेका छन्।

यी जोडीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटै तस्बिर सार्वजनिक गरेका छन्। धेरै लामो समय एक अर्कासँग समय बिताएका यी दुईले धेरैको मन तोडेर दुई मुटु जोडेका छन्।

Taken.. With all my heart and soul..

A post shared by Priyanka Chopra (@priyankachopra) on

फोटो हालेर प्रियंकाले लेखेकी छन्, ‘दिए, मेरो मुटु र आत्मा सहित’ । त्यस्तै निक जोनसले आफ्नो मायालुलाई मिठो सन्देश लेखेका छन्, ‘भविष्यको मिसेस जोनस, मेरो मुटु, मेरो माया’।

Future Mrs. Jonas. My heart. My love.

A post shared by Nick Jonas (@nickjonas) on

‘रोका’ हिन्दु परम्परा अनुसार भएको छ। निक जोनस सेतो कुर्ता–पाइजामा सजिएका छन्, प्रियंका पहेलो कुर्ता सलवारमा। निक जोनसका आमा बाबुले कुर्ता सलवार नै लगाएका छन्। जे होस्, दुवैले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेका छन्।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्