ब्ल्याक नेपाली चलचित्र

आकाशलाई आफ्नो अभिनय हेर्न अफ्ठेरो, आँचल नर्भस

भदौ १ गते शुक्रबार तीनओटा नेपाली चलचित्र सार्वजनिक भए। ‘मिस्टर भर्जिन, ब्ल्याक र जय शम्भो’। यी तीन चलचित्रले फरक फरक कथा बोकेका छन्।

तीन मध्येको एक ब्ल्याकका मुख्य नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा चलचित्रको विशेष शो मा कुमारीहलमा उपस्थित थिए।

चलचित्रको विशेष शो पनि नायक र नायिकालाई आफूले अभिनय गरेको चलचित्र कस्तो लाग्यो भनेर सोध्दा आकाशले भने, ‘मलाई आफूले अभिनय गरेको चलचित्र हेर्न आफूलाई अफ्ठेरो लाग्छ। दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा अलि डर लागेको थियो तर डायलग बोल्दा ताली बज्यो, खुसी लाग्यो।’

 तर चलचित्रलाई लिएर आँचल भने नर्भस् छिन्। उनलाई दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा चिन्ता लागेको छ।
ब्ल्याक अहिलेको व्यस्त समाज, व्यस्त परिवारका बालबच्चाको आचरण र पैसा कमाउने गलत बाटोमा परेका मानिसहरुको कथा हो, आँचल कताकताबाट यो प्रक्रियामा सहभागी छिन् भने आकाश निशाना।

आँचलको अभिनय चकलेटी, मायालु देखिरहेका दर्शकको सामु आफूलाई थोरै फरक शैलीमा ढाल्न खोज्नु उनको लागि चुनौतिपूर्ण रहेको उनले बताइन्।

अहिलेका युवापुस्ताले समातेको गलत बाटोलाई प्रस्तुत गर्दा आकाशलाई पनि अफ्ठेरो भएको थियो। उनले भनेँ, ‘स्क्रीप्ट पढेको जस्तो सजिलो त भएन। त्यसको लागि रिह्याबीटेशन सेन्टरमा नै बसेर केहि अध्ययन गरेको पनि थिएँ। मलाई त अहिले पनि त्यहि क्यारेक्टरमा छु जस्तो लाग्छ।’

ब्ल्याक १ वर्षको मेहनत पछि फ्लोरमा आएको हो। उनीहरुले ‘ब्ल्याक’ लाई ‘नराम्रो कुराको उजागर गरको’ र ‘बिछोडमा परेका प्रेमीले अंगाल्ने गलत बाटोहरु’ हो। उनीहरुले चलचित्रले राम्रो सन्देश दिनसक्ने आशा गरेका छन्।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्