सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

मोरङ– प्रथम महिला पत्रकार सगरमाथा आरोहण – २०१८ की एक सदस्य रोशा बस्नेत सम्मानित भएकी छिन्। मोरङ घर भएकी रोशालाई मोरङको सुन्दरहरैँचा नगरपालिकाले सनिबार सम्मान गरेको हो। २९ वर्षकी रोशा बस्नेतले यसै वर्ष जेठ ९ मा आफ्नो साथीहरुसँग विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्।

उनको यो साहसको सम्मान गर्दै नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रले सम्मान गरे। ‘प्रदेश नं. १ कै गौरव तथा गरिमाको रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफू लगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको छ।’

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशतिmकरण र युवा जागरणको क्षेत्रमा कार्य गर्ने ईच्छा व्यक्त गरिन् । उनले सगरमाथाबाट ल्याएको एक सानो पत्थर, नगरपालिकाबाट आरोहणमा जानु अघि बस्नेतलाई दिइएको झण्डा र नगरपालिकाको नक्सा चुचुरोमा फहराए पश्चात कोसेली स्वरुप नगरप्रमुखलाई हस्तान्तरण गरिन् ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्