नेविसंघको समयावधि ३ महिना थप

काठमाडौँ  – नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको समयावधि ३ महिना थप गरिएको छ ।

१२ औँ महाधिवेशन सम्पन्न गर्न पार्टीद्वारा गठित सहजिकरण संयन्त्रले ३ महिना समयावधि थप गर्ने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उमेर हदको विषयमा सहमति नहुँदा नेपाल विद्यार्थी संघको महाधिवेसन हुन सकेको छैन ।

भदौ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्