प्रहरी र सामुदायिक सेवा केन्द्रको सहयोगमा केनलेले गर्‍यो स्वास्थ्य शिविर

काठमाडौँ–सामुदायिक प्रहरी सेवा र सामुदायिक सेवा केन्द्रको समंवयमा केन सेन्टर नयाँ बानेश्वरले निशुल्क स्वास्थ्य शिविर गरेको छ। सामुदायिक सेवा समिति परिसर, लाखेचौर बानेश्वरमा भएको स्वास्थ्य शिविरमा मृगौला, थाइरोइड, मधुमेह, आँखा दाँत सम्बन्धी उपचार सेवा निशुल्क प्रदान गरिएको थियो।

कार्यक्रममा प्रदेश नं ३ का सांसद दिपेन्द्र श्रेष्ठले स्वाथ्य शिविर भइराखेँ स्थानीय बासिन्दाको स्वास्थ्य सम्बन्धी चेतना बढ्ने र स्वस्थ समाजको निर्माण हुने बताए। स्वास्थ्य शिविरमा ४०५ जना नागरिकले सेवा लिएका छन्।

स्वास्थ्य शिविरको मुख्य उद्देश्य नागरिकलाई स्वस्य जीवनशैली बनाउन जोड र बिरामीलाई अस्वस्थ्य तरिकाले खाना खान नियन्त्रण गर्नु रहेको केन सेन्टरका प्रमुख दिनेश कक्षपतिले जानकारी दिए।

कार्यक्रममा महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेको उपस्थिती थियो।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्