बलियो बनेर फर्कियो भारतीय टिम, कोहली र राहाने चम्किए

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले तेस्रो टेस्टको पहिलो पारीमा राम्रो सुरुवात गरेको छ । यसले भारतीय टोलीलाई २–० ले पछि परेको पाँच टेस्टको शृङ्खलामा पुनरागमन गर्न सक्ने आश पलाएको छ ।

ट्रेन्ट ब्रिजमा जारी तेस्रो टेस्टको पहिलो दिन शनिबार भारतीय टोलीले ६ विकेटको क्षतिमा ३०७ रन बनाएको छ । भारतीय टोलीका लागि कप्तान विराट कोहलीले ११ चौकाको मद्दतमा ९७ रन बनाएका छन् ।

यस्तै अजिन्क्या राहानेले १२ चौकाको सहयोगमा ८१ रनको योगदान दिएका छन् । दोस्रो टेस्टमा निकै खराब हार बेहोरेको भारतीय टोलीका ब्याट्सम्यान तेस्रो टेस्टमा बलियो भएर फर्किएको देखिएको छ ।

शिखर धवनले ३५ तथा केएल राहुलले २३ रन बनाए । ऋशव पन्त २२ रन बनाएर क्रिजमा छन् । इंग्ल्याण्डका क्रिस वोक्सले तीन विकेट लिएका छन् ।

कोहली र राहानेले चौथो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । भारतले बाँकी चार विकेटमा पहिलो पारीमा ४०० रन बनाउन सक्ने सम्भावना छ । पहिलो टेस्टमा ३१ रनले पराजित भएको भारत दोस्रो टेस्टमा एक पारी र १५९ रनले पराजित भएको थियो ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्