६१ किलो चरेस सहित पाँच जना पक्राउ

साङ्केतिक तस्बिर

दाङ – दाङमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट ६१ किलो चरेस सहित पाँच जनालाई पक्राउ गरेको हो ।

शुक्रबार १० किलो चरेससहित दुई जनालाई र शनिबार ५१ किलो चरेस सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ  ।

बरामद गरेको चरेस सहित पक्राउ परेकाहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्