दुईपटक ओलम्पिक पदक जितेका सुशीलकुमार छनाैट चरणमै स्तब्ध

ओलम्पिक खेलकुदमा दुईपटक पदक जितेका भारतीय कुस्ती खेलाडी सुशील कुमार इन्डोनेसियामा जारी एसियाली खेलकुद-एसियाडमा क्वालिफाइङ्ग चरणमै निराश भएका छन्।

पुरुषतर्फ ७४ केजी फ्रिस्टाइलमा उनलाई बहराइनका एडम बेतिरोभले निराश बनाए। बेतिरोभ फाइनल पुगे सुशीलकुमारले कास्य पदकका लागि खेल्न पाउनेछन्। ३५ वर्षीय सुशीलकुमारले सन् २००८ को ओलम्पिकमा कास्य र सन् २०१२ को ओलम्पिकमा रजत जितेका थिए।

उनले सन् २०१० को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका थिए। तीनवटै प्रतियोगितामा उनी ६६ केजी तौल स्पर्धामा भिडेका थिए। सन् २००६ को दोहा एसियाडमा कास्य जितेका सुशिलको एसियाडमा प्रदर्शन राम्रो हुन सकेको छैन।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्