इन्डोनेसियामा एसियाड चलिरहँदा भुकम्प

जाकार्ता- राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद-एसियाड चलिरहँदा इन्डोनेशियाको लम्बुक टापुलाई केन्द्रविन्दु बनाएर आईतबार बिहान ६.३ रेक्टर स्केलको भुकम्प गएको छ।  भुकम्पको इपिसेन्टर करिब सात किलोमिटर गहिराई रहेको बताईएको छ।

लम्बुकमै दुई साता अघि गएको शक्तिशाली भुकम्पका कारण कम्तीमा चार सय ६० जनाको मृत्यु भएको थियो। सन् २००४ मा पश्चिमी इन्डोनेशियाको सुमात्रा टापु आसपासलाई केन्द्रबिन्दु बनाई  आएको ९.३ रेक्टर स्केलको भुकम्पका कारण करिब दुई लाख २० हजारको ज्यान गएको थियो।

सामुद्रिक क्षेत्रमा इपिसेन्टर बनाई गएको भुकम्पले ल्याएको सुनामीका कारण इन्डोनेशियामा मात्र एक लाख ६८ हजारको ज्यान गएको थियो। पछिल्लो भुकम्पको महसुस लम्बुकको राजधानी मन्तराम र बालीमा समेत महसुस गरिएको थियो। भुकम्पको मानवीय क्षतिबारे विवरण लिनेक्रम जारी रहेको बताईएको छ। तर स्थानीय निकै भयवित र आतङ्कित बनेको समाचारहरुमा जनाईएको छ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्