‘मिस्टर मोडल अफ द वल्ड’ मा नेपालका दिक्पाल कार्की प्रतिस्पर्धी

काठमाडौँ– म्यानमारमा हुने ‘मिस्टर मोडल अफ द वल्ड–२०१८’ मा नेपालबाट मोडल दिक्पाल कार्की सहभागी हुने भएका छन्। विश्वको झण्डै दुई दर्जन बढी देशका मोडलहरुले भाग लिने प्रतियोगितामामा उनी पनि सहभागी हुन लागेका हुन्।

कार्कीलाई द ड्रिम सर्च एजेन्सीले नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको हो । मिस्टर मोडल अफ द वल्र्ड २०१८ यही अगस्त २९ देखि सेप्टेम्बर ५ सम्म म्यानमारको यांगुनमा हुँदैछ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका दिक्पाल कार्की ६ फिट अग्ला छन्। उनले भेटेनरी डाक्टरको अध्ययन गरेका हुन्। मोडलिङ्गमा रमाएका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्र समेत अभिनय गरिसकेका छन् ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्