सर्वाधिक सफल तेक्वान्दोमा पनि नेपालको निराशाजनक सुरुवात

काठमाडौं-  १८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत तेक्वान्दोमा नेपालको सुरुवात राम्रो रहन सकेन। महिला र पुरुष दुवैको इन्डिभिजुयल पुम्सेमा नेपाली खेलाडी पराजित भए। पहिलो चरण अर्थात अन्तिम १६ को प्रतिस्पर्धामा नेपालका कमल श्रेष्ठ  र पार्वती गुरुङ निराश भए।

दुवै जना चाइनिज ताईपेइका खेलाडिसँग पराजित भए। जारी प्रतियोगिताको तेक्वान्दोतर्फ ६ पुरुष र ८ महिलागरी १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सन् १९९८ को एसियाडमा नेपालकी तेक्वान्दो खेलाडी सबिताराज भन्डारीले रजत पदक जितेकी थिइन्।

एसियाड खेलकुदमा नेपालले जितेको अहिलेसम्मकै सबैभन्दा ठूलो पदक यहि नै हो। तेक्वान्दो एसियाडमा नेपाललाई सबैभन्दा बढी पदक दिलाएका खेल पनि हो।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्