बलाधिकृत थापालाई प्रधानसेनापतिमा सिफारिस

पूर्णचन्द्र थापा।

बलाधिकृत रथी पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधानसेनापतिमा सिफारिस भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २४ गतेदेखि लागू हुने गरी थापालाई प्रधानसेनापति सिफारिस गरेको हो।

राष्ट्रपतिले उनलाई प्रधानसेनापतिमा नियुक्त गर्न स्वीकृति प्रदान गर्नेछिन्।

गत साउन २४ देखि थापाले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ देखि अवकाश पाउने भएपछि एक महिनाअघि विदामा बसेका थिए। क्षत्री बिदामा बस्ने भएपछि साउन २४ गतेदेखि लागू हुने गरी थापालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्