नेपालको लगातार हार कायमै, उसुमा जुनी र टेनिसमा संरक्षक पनि निराश

ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा क्वाटरफाइनल पुगेको नेपाली टोली

काठमाडौं-  इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद-एसियाडको दोस्रो दिन आइतबार ब्याडमिन्टनबाहेक अन्य सबै खेलमा नेपालको प्रदर्शन विर्सनलायक रह्यो। कुस्तीमा नेपालका तीनै जना खेलाडी पहिलो चरणबाै बाहिरिए।

फुटबलको तेस्रो तथा अन्तिम समूह खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले निराश भयो। फुटबलमा नेपालले खेलेका सबै तीन खेलमा हारको नतिजा निकाल्यो। फेन्सिङमा पनि आईतबार भएका दुई स्पर्धामा नेपाली खेलाडी पहिलो चरणबाट अगाडि बढ्न सकेनन्।

तेक्वान्दोको पुम्सेमा नेपाली खेलाडि पहिलो चरणमै सिमित भए। सुटिङमा पनि आईतबार भएका स्पर्धामा नेपाल पहिलो चरणमा सिमित भयो। ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपाल क्वाटरफाइनलमा पुगेको छ। महिला टिम स्पर्धामा भने पहिलो चरणमै सिमित भयो।

उसुमा पनि आईतबार भएका खेलमा नेपाली खेलाडी पहिलो चरण पार गर्न असफल भए। टेनिसमा सहभागी संरक्षकभुषण बज्रचार्य र अभिषेक बास्तोलाले पहिलो चरण पार गर्न सकेनन्। उसुको महिला ५२ केजी तौल समूहमा नेपालकी जुनी राई  भियतनामकी खेलाडीसँग पराजित भइन्।

प्रतियोगितामा  एसियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपालले २९ खेलमा भाग लिएको छ। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६) ले प्रतिस्पर्धा गर्दैछन्।

 

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्