पेट्रोल, डिजेल-मट्टीतेल र हवाई इन्धनको मूल्य फेरि बढ्‍यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो।

अब पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ।यसअघि पेट्रोलको मूल्‍य प्रतिलिटर ११० रुपैंया थियो भने डिजेल र मट्टीतेल ९३ रुपैँया कायम थियो।

यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको निगमले जनाएको छ।
तर खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ।

यो मूल्‍य आइतबार राति १२ बजेबाट मात्र लागू हुनेछ।

भदौ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्