युभेन्टसको प्रतिस्पर्धी इन्टर मिलान पहिलो खेलमै हार्‍यो

इटालियन सिरी ए फुटबलमा युभेन्टसलाई यो सिजन उपाधिका लागि कडा टक्कर दिने ठानिएको इन्टर मिलानलाई यो सिजनको सुरुमै धक्का लागेको छ ।

लिग अन्तर्गत यो सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति इन्टर मिलान तुलनात्मक रुपमा कमजोर सासुओलोसँग १–० ले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सासुओलोका दोमेनिको बेरार्दीले गोल गरे । बेरार्दीको गोल नै सासुओलोको जितका लागि निर्णायक बन्यो ।

अर्को बलियो टिम रोमाले भने तोरिनोलाई १–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ । यहि सिजन शीर्ष लिगमा आएको पार्मा र युडिनेसले २–२ को बराबरी खेले भने एम्पोलीले काग्लिएरीलाई २–० तथा एसपिएएलले बोलोग्नालाई १–० ले हरायो ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्