पानी परेपछि विराटनगरका विद्यालय खुले

फाइल तस्बिर

विराटनगर – आइतबार राति वर्षा भएसँगै विराटनगर महानगरपालिका भित्रका विद्यालयहरु सोमबार खुलेका छन्।

आइतबार महानगरपालिकाले प्रतिकुल मौसमका कारण नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बिदा दिने निर्णय गरेको थियो। तर राति वर्षाभएसँगै निजी विद्यालयले विद्यालय खोल्ने जनाएका थिए।

त्यसैगरी नगर शिक्षा अधिकारी रुद्र दुलालले पनि अत्याधिक गर्मीका कारण सोमबार र मंगलबार दिइएको बिदा, मौसम अनुकुल भएसँगै खुला गर्न आग्रह गरेको जानकारी दिए। ‘सहज वातावरणमा उहाँहरुकै स्वविवेकमा विद्यालय खोल्न सकिने भनेका छौँ’, नगर शिक्षा अधिकारी दुलालले भने ।

आइतबार अत्याधिक गर्मीसँगै नगरभित्रका केही विद्यालयले पंखा नभएको, खानेपानीको उचित व्यवस्था नभएको भन्दै बिदा गराउन महानगरपालिका समक्ष आग्रह गरेका थिए। सोही अनुसार महानगरपालिकाले विद्यालय बिदाको निर्णय गरेको थियो। आइतबार विराटनगरको तापक्रम ३७ दशमलव ४ डिग्रीसम्म पुगेको थियो।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्