कालिमाटी तरकारी बजारमा अनुगमन

फाइल तस्बिर

काठमाडौँ – काठमाडौंको कालीमाटी तरकारी बजार अनुगमन गर्न सरकारी टोली गएपछि व्यापारीले अवरोध गरेका छन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई व्यापारीले छेकेर नाराजुलुस गरेका हुन् ।

व्यापारीले सोमबार बिहान अनुगमनमा गएको टोलीलाई गेटभित्र राखेर व्यापारीले नाराजुलुस गरेका हुन् । अनुगमन टोलीले कागजात बिना बजार भित्रिएका केही गाडीलाई नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गरेका हुन् ।

काठमाडौँको मुख्य थोक बजार कालिमाटीमा समेत उपभोक्ताले महंगोमा तरकारी खरिद गर्नु परेको गुनासो बढेपछि सरकारी टोली सोमबार बिहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । तर व्यापारीको अवरोधका कराण अनुगमन प्रभावित भएको छ । अनुगमन टोलीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्