नाचघरमा गाईजात्रा महोत्सवको तयारी तीव्र

काठमाडौँ – साँस्कृतिक पर्व गाईजात्राको अवसरमा राष्ट्रिय नाचघरको आयोजनामा गाईजात्रा महोत्सव २०७५ हुँदैछ । यहि भदौ ११ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको तयारी तीव्र रुपमा भइरहेको संयोजक तथा वरिष्ठ कलाकार प्रभाकरदेव शर्माले जानकारी दिए ।

एक हप्तासम्म हरेक दिन बेलुका साढे पाँच बजे विभिन्न कलाकारको समूहको प्रस्तुती रहनेछ । यस्तै बिदाको दिनमा दिउँसो साढे २ बजे अतिरिक्त शो पनि हुनेछ । अहिले टिकट छाप्ने तथा पूर्व तयारीहरु भइरहेको छ ।

कार्यक्रमका लागि भदौ ९ गतेदेखि टिकट बिक्री सुरु हुनेछ । टिकटको मूल्य १०००, ५०० र ३०० राखिएको संयोजक शर्माले जानकारी दिए ।

महोत्सवभर कलाकारहरु दमन रुपाखेती, रवी डंगोल, सरेन्द्र केसी, प्रभाकरदेव शर्मा, टीका भण्डारी, हर्के हवल्दारसहितका कलाकारले प्रस्तुती दिनेछन् । यस्तै हरिषा बानियाँको ‘साकिरा डान्स’ पनि हरेक दिन हेर्न पाइनेछ ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्