क्रेजी रिच एसिएन्स : अमेरिकी बक्स अफिसको पहिलो नम्बरमा

सबै कलाकार एसियाली मुलका रहेको हलिउड चलचित्र ‘क्रेजी रिच एसिएन्स’ अमेरिकी बक्स अफिसमा पहिलो नम्बरमा पुगेको छ । प्रदर्शनमा आएको पहिलो हप्तामै यो चलचित्र अमेरिकी बक्स अफिसको शीर्ष स्थानमा पुगेको हो ।

पाँच दिनअघि प्रदर्शनमा आएको क्रेजी रिच एसिएनको निमार्ण लागत ३० मिलियन अमेरिकी डलर हो । पाँच दिनमा यो चलचित्रले ३४ मिलियन अमेरिकी डलरको कारोबार गरेको छ ।

चलचित्रमा वु गोल्डिङ्ग र हेनरी गोल्डिङ्ग मुख्य भूमिका रहेको छ । यसलाई द वार्नर ब्रदरसले निर्माण गरेको हो । २५ वर्ष अघि ‘द जोए लक क्लब’ चलचित्र बनेको थियो, जसमा सबै कलाकार एसियाली मुलका थिए । त्यसपछि सबै एसियाली कलाकार रहेको पहिलो हलिउड चलचित्र हो, ‘क्रेजी रिच एसिएन्स’ ।

केविद वाङ्गको बेस्ट सेलर पुस्तक ‘क्रेजी रिच एसिएन्स’ मा आधारित भएर यो चलचित्र बनाइएको हो । यसमा एसिएन–अमेरिकी महिलाले सिंगापुरको धनाड्य परिवारका प्रेमी पाइएपछि भोकेको सांस्कृतिक भिन्नतालाई समेटिएको छ ।

रोमान्टिक–कमेडी जेनरको चलचित्र पछिल्लो तीन वर्षमा पहिलो पटक अमेरिकी बक्स अफिसको शीर्ष स्थानमा पुगेको हो ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्