विवाहअघि टेलिभिजन कार्यक्रममा आउनेछन् दीपिका र रणवीर

दीपिका पादुकोण र रणवीर सिंहले यो वर्ष लगनगाँठो कस्ने खबर छाएको छ । पछिल्लो खबर अनसार दुवै जना विवाहभन्दा पहिले एक टेलिभिजन कार्यक्रममा सँगै आउनेछन् ।

कुरा हो करण जोहरको कार्यक्रम कफी विद करण ६ को । खबर अनुसार करणको गेष्ट लिष्टमा दीपिका र रणवीरको नाम राखिएको छ । यदि यो खबर सत्य रह्यो भने फ्यानहरुका लागि यो कुनै सरप्राइज भन्दा कम हुनेछैन । दुवै जनाको सम्बन्धबारे अहिले विभिन्न किसिमका अनुमानहरु लगाइन्छन् ।

कफी विद करणको नयाँ सीजन हिट हुने अनुमान यसकारण पनि लगाउन थालिएको छ कि यसमा निक जोनस र प्रियंका चोपडा, विराट कोहली र अनुष्का शर्मा लगायत सेलिब्रेटीको जोडी सहभागी हुनेछ ।

यसका साथै सलमान शाहरुख र कैटरीना एकसाथ यो शो मा देखिनेछन् । तर यो गेष्ट लिष्ट कति सत्य हो भन्ने कुरा त उक्त शो प्रसारण भएपछि मात्रै थाहा हुनेछ ।

खबर अनुसार रणवीर र दीपिका २० नोभेम्बरमा इटालीमा विवाह गर्नेछन् ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्