बसले अटो रिक्सलाई ठक्कर दिँदा एकको मृत्‍यु, चालकसहित सात घाइते

महोत्तरी-महोत्तरीको बार्दिबासमा बसले अटो रिक्सालाई ठक्कर दिदाँ एकजनाको ज्यान गएको छ। अटोमा सबार अन्य ७ जना घाईते भएका छन्।

बसको ठक्करले अटोरिक्साका चालक बर्दिवास नगरपालिका ५ बस्ने ५० वर्षीय होमबहादुर लोप्चनको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

दुर्घटनामा परि अधिकाशं महिला र बालबालिका घाइते भएको र उनीहरुको बर्दिवासको स्थानीय हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

बर्दिवास नगरपालिका स्थित टुटेश्‍वर महादेव मन्दिरबाट तीर्थ यात्री लिएर फर्किरहेको ज १ ह ११२६ नम्बरको अटो रिक्सालाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५३७ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनएको छ।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्