पर्यटनलाई विद्यालय शिक्षामा समावेश गरिनुपर्नेमा जोड

पोखरा-पर्यटन शिक्षालाई बिद्यालय शिक्षाको एक अनिवार्य बिषयको रुपमा समाबेश गरिनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले जोड दिएका छ।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखराको आयोजनामा शैक्षिक सुधार, सुशासन,विकास र सञ्चार क्षेत्रसंगको सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन्।

गण्डकी प्रदेश सांस्कृतिक र प्राकृतिक रुपले सम्पन्‍न भएता पनि उचित प्रचार प्रचार र पर्यटन सम्बन्धि ज्ञानको अभाबका कारण बिकास हुन नसकेको तर्फ संकेत गरिएको थियो।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बिद्यालय शिक्षामा पर्यटन विषय समाबेश गरे मात्र पर्यटन सम्बद्ध विभिन्न ब्यबसाय को सुसंचालानमा सहजता हुने र पर्यटकहरुले गुणस्तरीय सेवा प्राप्त गर्ने सक्ने धारणा राखे।

उनले बढी पर्यटन भित्र्याउने कुरामा प्राबिधिक कुरा पनि महत्वपूर्ण हुने भन्दै प्रभाबकारी ब्यबस्थापनले नै पर्यटकको बसाइँ अबधि बढाउन सक्ने तर्फ ध्यान दिनु पर्ने बताए। सो कुराको ब्यवस्थापनमा अघि बढ्न शिक्षा सम्बद्ध अधिकारीहरुलाई आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न हरुको जबाफ दिदै क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले साबिक पश्चिमान्चालमा बिगतका बर्षहरुमा जस्तो पाठ्यपुस्तकको समस्या नदेखिएको बताए।

उनले यो क्षेत्रमा शिक्षाको अवस्था तुलनात्मक रुपले राम्रो पाइएको जानकारी दिए।शिक्षकको विकल्प शिक्षक नै भएको भन्दै उनले काम नगर्ने शिक्षकलाई बिदाइ गरेर सक्षम र क्षमताबान शिक्षक को बिकास नगरे सम्म गुणस्तरीय शिक्षा सम्भब नहुने बताउँदै प्रदेश सरकारहरुले त्यहि अनुसारको नीति र कानुन निर्माण गर्न सुझाव दिए।

सरकारले प्रतिबद्धता अनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रलाई विबिनियोजन गर्ने भने पनि सो हुन नसकेको उनको गुनासो थियो। आगामी बजेटमा सो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। कार्यक्रममा सो कार्यालयले आर्थीक बर्ष २०७४÷७५ मा सम्पादन गरेका कार्यहरुको प्रगति र समिक्षा समेत गरिएको थियो।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्