नेपालका पपुलर चलचित्रलाई अमेरिकामा अवार्ड दिइने, को को जाने भए अमेरिका?

काठमाडौँ– नेपाल चलचित्र संघले ‘नेम्पा पपुलर फिल्म अवार्ड– २०१८’ अमेरिकामा गर्ने भएको छ। आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म अवार्ड समारोह आयोजना गर्न लागिएको नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले जानकारी दिए।

अमेरिकामा रहेको नेपालीहरुको संगठन एसोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, नेप्लिज एसोसियसन इन साथेष्ट अमेरिका र नेप्लिज एसोसियसन इन द अमेरिकासँगको नेपाल चलचित्र संघले मिलेर कार्यक्रम अयोजना गरेको हो।

विज्ञापन

अवार्ड वितरणसँगै सम्मेलन पनि हुने यो समारोहमा अमेरिकामा बस्ने ४ हजार नेपालीका साथै विभिन्न देशबाट एन आरएनको नेतृत्व वर्गको उपस्थिति रहने अध्यक्ष उदयले बताए।

यो सम्मेलनले नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने उनको विश्वास छ। समारोहमा नेपाली कलाकारहरुले गीत, व्यंग्य, अभिनय तथा नृत्य प्रस्तुत हुने छ।

लोकप्रियताको आधारमा दिन लागिएको यो अवार्ड समारोहमा निम्न शिर्षकमा अवार्ड दिन लागिएको छ–

१. नेम्पा पपुलर फिल्म अवार्ड
२. नेम्पा पपुलर निर्देशक अवार्ड
३. नेम्पा पपुलर नायक (पुरुष)
४. नेम्पा पपुलर नायिका (महिला)
५. नेम्पा पपुलर सह–कलाकार (पुरुष)
६. नेम्पा पपुलर सह–कलाकार (महिला)
७. नेम्पा पपुलर हाँस्य कलाकार
८. नेम्पा पपुलर संगितकार
९. नेम्पा पपुलर गायक
१०. नेम्पा पपुलर गायिका
११. नेम्पा पपुलर नव निर्देशक
१२. नेम्पा पपुलर दशक अभिनेता
१३. नेम्पा पपुलर दशक अभिनेत्री
१४. नेम्पा अचिभमेन्ट अवार्ड
१५. लाइभ टाइम अचिभमेन्ट अवार्ड

यी अवार्ड समारोहमा सहभागी हुन जाने कलाकारको सूचि यस्तो छ–

१. निर शाह
२. भुवन केसी
३. सुनिल थापा
४. रेखा थापा
५.झरना थापा
६. दिपक राज गिरी
७. दिपा श्री निरौला
८. अनमोल केसी
९. केकी अधिकारी
१०. अर्जुल श्रेष्ठ
११. अन्जु पन्त
१२. सुगम पोख्रेल
१३. अर्जुन पोख्रेल
१४. विल्सन बिक्रम राई
१५. निता ढुंगाना
१६. जितु नेपाल
१७. केदार घिमिरे, माग्नेबुढा
१८ सरिता लामिछाने
१९. सुमन गिरी
२०. सितादेवी तिमल्सिना

नेपाल चलचित्र संघले गत वर्ष नै अमेरिकामा अवार्ड समारोह गर्ने घोषणा गरेको थियो। संघका अध्यक्ष प्रदिपकुमार उदयले गत वर्ष घोषणा गरिए पनि सहकार्य गर्न तयार भएको अमेरिकाको नेपाली कम्पनी नयाँ परेकोले दुतावासले सम्बन्धित कलाकार तथा प्राविधिकलाई भिसा नदिएको कारणले अवार्ड कार्यक्रम स्थगित गर्नु परेको बताए। उनका अनुसार यो वर्ष भने सबैजसो कलाकारको भिसा लागिसकेको उनले बताए।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्