प्रियंका चोपडामात्र हैन, यी ७ नायिकाको प्रेमि पनि विदेशी

माया भन्ने कुरा साँच्चै नै अनौठो छ, जीवन जीउँने साथी कहिले कहाँ गएर भेटिन्छ थाहा नै हुँदैन। बलिउड अहिले एउटा यस्तै खबरले तातेको छ, अभिनेत्री प्रियंका चोपडाले सात समुन्द्र पारीका कलाकार निक जोसनसँग सनिबार ‘रोका’ गरिन्।

प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा निकसँग लगन गाठोँ कस्ने खबरले धेरैलाई अचम्मित बनायो। तर भनिन्छ नि ‘माया र युद्धमा जे पनि जायज छ।’ १८ वर्षको उमेर देखि बलिउडमा छाएकी प्रियंका पछिल्लो समय हलिउडमा पनि राम्रो अभिनेत्रीको रुपमा चिनिन्छिन्।

तर हामी यहाँ प्रियंकाको मात्र हैन अरु भारतीय नायिकाको बारेमा कुरा गर्दैछौँ, जसको प्रेमी सात समुन्द्र पारीका छन्।

१ प्रियंका–निक जोनस

प्रियंकाका जोडि निक जोनस अमेरिकन कलाकार तथा गायक हुन्। प्रियंकासँग उनको भेट सन् २०१७ को मेट गालामा भएको थियो। त्यसपछि प्रियंका र निकको कजनको विवाहमा पुगिन्। त्यसपछि सँगै घुम्न गएको तस्बिर सार्वजनिक भएको थियो। निकले यसै वर्ष प्रियंकाको ३६ औँ जन्मदिनमा इन्गेजमेन्ट गरेका थिए। यो जोडिले अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ।

२. तापसी पन्नु र मैथिस बोए

साउथ इन्डियन चलचित्र पछि बलिउडमा अलग पहिचान बनाइरहेकी अभिनेत्री तापसी पन्नु ब्याडमिन्टन खेलाडि मैथिस बोएसँगको प्रेम सम्बन्धमा छिन्। डेनमार्कका मैथिस पछिल्लो ४ वर्षदेखि पन्नुको साथमा छन्। सन् २०१३ मा भएको ‘इन्डियन ब्याडमिन्टन लिग’ को शिलशिलामा उनीहरुको पहिलो पटक भेट भएको थियो। सन् २०१८ मा दुवै लञ्च डेट गर्दै गर्दा भेटिएका थिए। तर दुवैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका भने छैनन्।

३. प्रिति जिन्टा र जेन गुडनाफ

लामो समयसम्म सिंगल अभिनेत्री प्रिति जिन्टाले आफ्नो प्रेमी संयुक्त राज्य अमेरिकामा भेटिन्। बैंकर पेशा भएका गुडनाफको प्रेममा परेकी प्रितिले सन् २०१६ मा विवाह गरिन्। विवाह लस एन्जलासमा भारतीय रितिपरम्परा अनुसार भएको थियो। त्यसपछि बलिउडमा गुमनाम प्रिति अब फेरी बलिउड फर्केने तयारीमा छिन्। उनीसँग सनि देवल र अरशद पनि अभिनय गर्दै देखिनेछन्।

४. श्रुती हसन र माइकल कार्सेल

लण्डनमा बस्ने थिएटर आर्टिस्ट माइकल कार्सेल भारतीय अभिनेत्री श्रुति हसनको प्रेमी हुन्। यी दुईको भेट लण्डनमा नै एक साथीको माध्यमबाट भएको थियो। सन् २०१७ मा श्रुति, माइकल र कमल हसन एक विवाहमासँगै गएका थिए। जहाँ माइकल सर्ट र धोतिको परिहनमा देखिएका थिए। सन् २०१८ को अन्त्यसम्म यो जोडिको विवाह हुने हल्ला भएको भएपनि अहिलेसम्म कुनै पनि खबर सार्वजनिक भएको छैन।

५. सलिना जेटली र पिटर हाँग

दुबईमा भएको भेटघाटपछि पिटर हाँग सेलिनाको जेटलीको परिवारसँग भेटघाट गर्न भारत आएका थिए। सन् २०११ म सेलिना जेटलीको विवाह भएको थियो। अष्ट्रियन व्यापारी पिटरको दुबाई, सिंगापुरमा होटलको सञ्जाल छ।

उनीहरुको जुम्ल्याहा छोरा जन्मिएका थिए। जसको नाम विंटसन र विराज हो। सन् २०१७ मा उनीहरुको फेरी जुम्ल्याहा छोरा जन्मिएका थिए तर एक बालकको तौल कम भएकोले केहि दिनमा मृत्यु भएको थियो।

६. इलियाना डिक्रुज र एन्ड्रयू निबोन

अष्ट्रेलियन फोटोग्राफर एन्ड्रयू निबोन र अभिनेत्री इलियाना डिक्रुज पछिल्लो चार वर्षदेखि सम्बन्धमा छन्। उनीहरुले गोप्य रुपमा विवाह गरेको पनि बेला बेलामा खबर आउँछ। तर इलियानाले यो खबरको बारेमा कहिले पनि पुष्टि गरेकी छैनन्। पछिल्लो क्रिसमसमा इलियानाले पोस्ट गरेको उनको तस्बीरमा फोटो क्रेडिट सहित ‘हबि’ लेखिएको थियो।

७. श्रिया सरन र आद्रेई कोसेफ

श्रियाका श्रीमान आन्दे्रई रसियाका टेनिस खेलाडि हुन्। सन् २०१८ को मार्चमा उनीहरुको विवाह उदयपुरमा भएको थियो। भनिन्छ यो भन्दा अगाडि दुवैले श्रियाको घरमा गोप्य विवाह गरेका थिए। श्रियाका श्रीमान खेलाडिसँगसँगै रेष्टुरेन्ट सञ्चालक पनि हुन्।

८. राधिका ओप्टे र बेनडिक्ट टेलर

बेलायतका बासिन्दा बेनडिक्ट संगितकर्मी हुन्। अभिनेत्री राधिका र बेनडिक्टको भेटघाट तब भएको थियो जब उनी लण्डनमा ‘कन्टेम्परोरी डान्स’ सिक्न गएकी थिइन्। ‘लिबिइङ रिलेशन’ मा बसेको केहि समयपछि सन् २०१२ मा उनीहरुले कानुनी विवाह गरेका थिए। राधिकाको विवाह भएको कुरा उनकै नजिकका साथी सारंग साठ्येले सार्वजनिक गरेका थिए। नत्र उनको विवाहको बारेमा कसैलाई पनि थाहा थिएन।

भदौ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्