एथ्लेटिको मड्रिड रोकियो

गएको सिजन स्पेनिस ला लिगामा बार्सिलोनामाथि दाबाब पारेको र लिग उपविजेत ाबनेको एथ्लेटिको मड्रिडको यो सिजनको सुरुवात त्यति राम्रो हुन सकेन ।

लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि एथ्लेटिकोले जित निकाल्न नसकेको हो ।

२६ औँ मिनेटमा एन्जल कोरियाको गोलबाट एथ्लेटिकोले अग्रता लिएको थियो । डिएगो कोस्टाले पोस्ट प्रहार गरेका थिए । तर भ्यालेन्सियाका गोलरक्षक नेटोले सुन्दर बचाउ गरे ।

५६ औँ मिनेटमा भ्यालेन्सियाका लागि रोड्रिगोले बराबरी गोल फर्काए । एथ्लेटिकोका डिएगो गोडिनको कमजोरीको फाइदा उठाउँदै रोड्रिगोले गोल गरेका हुन् ।

अर्को खेलमा एथ्लेटिको बिल्बाओले लेगानेसलाई २–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्