विराट कोहलीको अर्को शतक, भारत बलियो अवस्थामा

इंग्ल्याण्ड भर्सेस भारत, टेस्ट शृङ्खला– तेस्रो टेस्ट, ट्रेन्ट ब्रिज

भारत, पहिलो पारीः ३२९ रन, दोस्रो पारीः ३५२–७

इंग्ल्याण्ड, पहिलो पारी–१६१, दोस्रो पारीः २३–०

जितका लागि इंग्ल्याण्डलाई ४९८ रन आवश्यक

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले तेस्रो टेस्टको दुवै पारीमा राम्रो प्रदर्शन गरेको छ । पहिलो पारीमा ३२९ रन बनाएको भारतीय टोलीले दोस्रो पारीमा सात विकेटमा ३५२ दुई रन बनाएर पारी समाप्तीको घोषणा गर्‍यो ।

भारतका लागि दोस्रो पारीमा कप्तान विराट कोहलीले शतकीय पारी खेले । उनले १० चौकाको सहयोगमा १०३ रन बनाए । यस्तै चेतेश्वर पुजाराले ७२, हार्दिक पाण्डेयले नटआउट ५२, तका शिखर धवनले ४४ तथा केएल राहुलले ३६ रन बनाए । अजिन्क्या राहानेले २९ रन बनाए ।

दोस्रो पारीमा इंग्ल्याण्डका अदिल रशिदले तीन विकेट लिए । पहिलो पारीमा भारतीय कप्तान कोहलीले ९७ तथा अजिन्क्या राहानेले ८१ रन बनाएका थिए ।

सोमबार नै दोस्रो पारीको ब्याटिङ्ग थालेको घरेलु टोली इंग्ल्याण्डले दिनको खेल सकिँदा बिना विकेटको क्षतिमा २३ रन बनाएको छ । उसलाई जितका लागि अब ४९८ रन आवश्यक छ ।

पहिलो पारीमा इंग्ल्याण्डले सबै विकेटको क्षतिमा मात्रै १६१ रन बनाएको थियो । भारतका हार्दिक पाण्डेयले पाँच विकेट लिए । यस्तै जसप्रित बुमराह र इशान्त सर्माले समान दुई दुई विकेट लिए ।

लगातार दुई हारसहित भारतीय टोली पाँच टेस्टको शृङ्खलामा २–० ले पछि रहेको छ । पहिलो टेस्टमा ३१ रनले हारेको भारत दोस्रो टेस्टमा एक पारी र १५९ ले पराजित भयो । तर तेस्रो टेस्टमा भने उसले राम्रो गरिरहेको छ ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्