सुरुङ्ग निर्माण सम्पन्न

रसुवा – निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सोमबारदेखि सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ सोमबार बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैरेले बताए ।

“आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ”, उनले भने । १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण सुरु भएकोे आयोजना प्रमुख गैरेले जानकारी दिए ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्