आजको मौसम : कुन क्षेत्रमा कस्तो रहला?

काठमाडौँ – देशका अधिकांश स्थानको मौसम मंगलबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । केहीबेर घाम लागे पनि फेरि बदली हुने देखिएको छ ।

यस्तै राति पनि देशभरको मौसम सामान्यतया बदली हुनेछ । पश्चिमका धेरै तथा मध्य र पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ । यस्तै राति मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने देखिएको मौसमविदले बताएका छन् ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्