वडा अध्यक्षले एक वर्षको तलब र भत्ता विकास निर्माणमा खर्च गर्ने

जनकपुरधाम – जनकपुर उप महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले ०७४ /०७५ मा पाउने सम्पूर्ण तलब तथा विभिन्न बैठक भत्ता विकास निर्माणमा खर्च गर्ने घोषणा गरेका छन् ।

वडा अध्यक्ष सिंहले आफूले पाएको सम्पूर्ण तलब र भत्ता वडाको विकास निर्माणका लागि खर्च गर्ने जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा जनताले चुनावी एजेण्डा अनुसार आफूलाई जिताएको भन्दै सोही अनुसार अगाडि बढ्न चाहेको उनको भनाई छ ।

‘वडाको जनसंख्या बढी छ, समस्या पनि उतिकै छन् तर बजेट सो अनुपातमा नपाएकोले जनतालाई स्थानीय सरकारले गरेको विकास निर्माणको अनुभुती दिलाउन सकेको छैन, यसप्रति असन्तुष्टि महसुस भइरहेको छ,’ उनले भने ।

अध्यक्ष सिंहले पाएको सम्पूर्ण तलब र विभिन्न बैठकको भत्ताहरु गरि हालसम्म प्राप्त गरेको जम्मा ३ लाख रुपैयाँ वडाको बाटो निर्माणमा खर्च गर्ने बताए ।

भदौ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्