कवाडबाट अविष्कार गर्दै अम्बर मण्डल

जनकपुरका यी युवा जसले कवाडबाट बनाए काइदाका मेसिनहरु

धान काट्‍ने मेसिन बनाएका जनकपुरका २६ वर्षीय अम्बर कुमार मण्डल।

जनकपुरधाम-फ्‍यालिएका पुरानो फलामका टुक्राहरु, टीनका जस्तापाताहरु अनि मोटरसाइकलको पुरानो चेन क्र्याकहरुलाई मिलाएर थरी थरीका मेसिन छन्। जसलाई एक युवाले जसले आफ्‍नै हातले मेसिनहरु बनाइएका हुन्।

उनी गाउँ घरमा हिड्दा समस्याहरु देख्‍नछन् र ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर घोत्लिइरहन्छन् अर्थात अनुससन्धानमा लाग्छन्। ती समस्यालाई आफूले केही योगदा गर्न सकिन्छ की भनेर ज्‍यावल बनाउने ‘आइडिया’  सोच्छन् र व्‍यवहारिक जीवनमा उतारेर देखाउँने कोसिस समेत गर्छन्।

झट हेर्दा लाग्छ, थोत्रे फलामको टुक्राहरुलाई एक ठाउँमा भेला गरेर जोडिएको कुनै मेसिन पनि आविष्कार हो र ? तर उनले जसै जसै कवाडका टुक्राहरुलाई जोडर मेसिन जुन प्रयोगजनका लागि तयार गर्छन्, त्‍यही प्रयोजनमा फटाफट फिट भइदिन्छ।

कवाड भन्दै फालिने गरिएको विभिन्‍न घरेलु सामग्रीहरुलाई प्रयोग गरेर धनुषाका एक युवाले उपयोगी मेसिनहरुको अविष्कार गरेका छन्।जिल्लाको धबौली ७ निवासी २६ वर्षीय अम्बर कुमार मण्डलले घरेलु कवाडबाट धान गाहुँ काट्ने मेसिनदेखि विद्युतीय पोल चढ्ने मेसिन समेत बनाए।

बाल्‍यकालदेखि नै मेसिनरी सामानहरुसँग चलाएर बस्नु, पुरानो साईकल, मोटरसाईकलहरुको पार्टपुर्जा खोलेर हेर्नु र फेरि आफै बनाउने प्रयास गर्ने स्वभाव अम्बरको थियो।

मेसिन कसरी बन्‍छ ? कुन-कुन पार्टपुर्जा कसरी प्रयोग गरिन्छ भन्‍नेबारेमा उनी निरन्तर अनुसन्धान गरिरहन्थे। यही अनुसन्धानले उनलाई गाउँघरमा धान-गहुँ काट्न प्रयोग गरिने मेसिनको आविष्कार गर्न थप आट पलायो र उनी त्‍यो आफ्‍नै हातले मेसिन  ‘नाराऐग्री मेसिन’ बनाउन सफल भए।

त्‍यतिमात्रै मण्डलले गाउँमा विद्युत्‌को पोलमा सजिलैसँग चढ्न सक्ने सानो तर प्रभावकारी मसिन बनाए र प्रयोगमा पनि ल्‍याए। यो काम देखेर गाउँका छिमेकीहरुले उनको मुक्त कण्ठले प्रसंशा समेत गरे। त्‍यसपछि झन् उनलाई नयाँ नयाँ केही आविष्कार गरौ-गरौ लाग्‍यो र तराईमा फल्‍ने मुख्‍यबाली धान-गहुँलाई काट्‍ने मेसिन कसरी बनाउन सकिन्छ भनेर सोच्‍न बाध्‍य बनायो। उनी लागेको त्‍यसको आविष्कारतिर। के कवाडको सामानबाट धान-गहुँ काट्‍ने मेसिन बनाउन सम्भव छ ? बारम्बार यो प्रश्‍नले उनको मष्तिष्कमा हिर्काइरह्‍यो

अन्तत: मण्डलले धान-गहुँ मात्र काट्ने मेसिन नभई घर बन्दा बिम कस्‍ने मेसिन र वाटर पम्पको आविष्कार गरे। उनको इलेक्ट्रोनिक्स प्रतिको मोह र आविष्कारहरुलाई  कदर स्वरुप गाउँ समाज र संघसंस्थाले सम्‍मान गर्न थाल्‍यो।

जीवन साथीको सहयोगले बन्यो मेसिन


जनकपुर भन्दा २५ किलोमिटर पुर्वमा पर्ने मण्डलको गाउँमा पढेलेखेकाहरुको संख्या अतिनै न्यून रहेको छ। मण्डलले पनि १० कक्षा भन्दा बढी पढ्न सकेका छैनन् आर्थिक रुपमा विपन्न भएको हुनाले सानै उमेरमा वैदेशिक रोजगारमा जान उनी बाध्य भएका थिए।विदेशमा चार वर्ष काम गरेपछि घर फर्केका मण्डलले आफ्नो देशमै मेहनत गरि गाउँ समाजको लागि केही नयाँ गर्ने सोच बनाए।

विदेशको बसाईको क्रममा मण्डल आफ्नो ड्युटी पछिको समयलाई त्यहाँको ग्यारेजहरुमा बसेर बिताउँने गर्थे। ग्यारेजमा मेसिनहरुलाई कसरी बनाउने गरिन्छ भनेर उनी अवलोकन गर्ने गर्थे। त्यहाँबाट नै कबाडलाई उपयोगी सामानको रुप दिन सकिने सोच उनमा आएको थियो ।

लामो विदेश बसाईपछि स्वदेश फर्केका अम्बर कुमार मण्डललाई मेसिन बनाउने कार्यमा उनको जिवनसाथीले निकै सहयोग गरेकी छिन्।स्वदेश फर्के पश्चात मण्डलको विहे एउटा एकदम समान्य घरको युवतीसँग भयो। युवतीटीको बुवा जेलमा थियो जसले गर्दा मण्डललाई त्यो युवतीसँग विवाह दर्ता नगर्न दबाब पनि आयो।

तर मण्डलले दाईजो नलिइकन विवाह गरे र विहे गरेपछि आफूले केटीको परिवारलाई सहयोग गर्ने वाचा समेत गरे। मण्डलको यही स्वभावले होला की उनले असल जिवनसाथी पाएका छन्। जसले उनको सपना साकार पार्न लागि परे।

‘अविष्कार गर्दा बुवा र समाजले नकारे ’


गाउँ समाजमा फरक काम गर्नेहरुलाई धेरैले साथ दिन मान्दैनन्। यो समस्या मण्डललाई समेत भएको थियो।उनको आफ्नै वुवा र गाउँका मान्छेहरुले यो मेसिनहरु बनाएर समय मात्र खेर जाने पटक पटक भन्थे।तर छोराको लगनशिलता देखेर मण्डलको बुवाले भने पछि उनलाई स्वतन्त्र छाडिदिए।

दिउँसो मेसिन बनाउँदा मण्डललाई धेरै समस्याहरुको समाना गर्नुपर्थ्यो।उनले राती राती मेसिन बनाउने काम गर्न थाले र यसमा उनको जिवनसंगिनीले निकै सहयोग गरिन्। र उनका एक साथीले पनि पनकै सहयोग गरेका छन्। फलस्वरुप अम्बर कुमार मण्डलले पहिलो पटक २०७४ बैशाख १२ गते नाराएग्री नामक धानगहुँ काट्ने मेसिन बनाएर सफलता पाए।

बुवा नारायण मण्डल र आमा रासोदेवीको नामांकरण गरिएको नाराएग्री मेसिन गाउँभरी मै चर्चाको विषय बन्यो । तर देशभरीमै उदाहरणीय काम गरे पनि केन्द्रमा खासै चर्चा पाएन।

मोटरसाईकलको बिग्रेको चैन, काम नलाग्ने फलामका छडहरुको प्रयोग गरि बनाईएको मेसिनले १० जनाले गर्ने काम एक पटकमै गर्छ।आर्थिक अभावले गर्दा आफूले ‘युजलेस मेटेरियल’ प्रयोग गरेको मण्डलको भनाई छ।

२०७४ वैशाखमा बनेको पहिलो मेसिन हेर्न मेला लाग्यो।पहिलो चोटी यो मेसिन गाउँको बाटोमा ल्याउँदा मान्छेहरुको मेला नै लाग्यो।र मेसिनले धानकाटेपछि सबै आश्चर्यमा नै परे। गाउँका मान्छेहरुले अम्बर मण्डलले आफ्नो गाउँलाई धन्य बनाएको बताउँछन्।

पहिला नानाथरीका कुरा सुनाउने गाउलेहरु अब आफुहरुले मण्डललाई सक्दो सहयोग गर्ने भन्छन्। खासगरी किसानहरु नराएग्री मेसिन बनेपछी धेरै नै खुसी भएका छन्।

मण्डलले मात्र धान गहुँ काट्ने मेसिन न भई विद्युतिय पोलमा सजिलै सँग चढ्न सक्ने उपकरण समेत बनाएका छन्। यस्तै, वाटर पम्प, विण्ड ह्वील, विल्डिंग मेटेरियल लगायतका समाग्रीहरु बनाएका छन्।

२०७४ असार २८ गते जिल्ला युवा संघ जनकपुरबाट सम्मान पत्र समेत पाएका अम्बर कुमार मण्डलले आफुले गरेको काम सामुदायिक रुपमा किसानहरुको लागी प्रयोग हुने भएकोले युवाहरुलाई यसप्रति पनि चासो राख्न जरुरी रहेको बताउँछन्।

मण्डल भन्छन, ‘आफूलाई कृषि जगतलाई सुधार गर्न बनाउने औजारहरुको लागि चाहिने सामग्रीहरुको अभाव भएको छ,उपयुक्त पार्टपुर्जाहरु न पाएकोले म पछाडी परेको छु, त्यसैले म सरकारसँग ती सामग्रीहरु उपलब्ध गराईदिन हुन आग्रह गर्दछु।’

पार्टपुर्जाहरु उपलब्ध भएमा कृषि क्षेत्रमा रहेर नै नयाँ नयाँ मेसिनको आविष्कार गर्ने मण्डलको सपना छ।

भदौ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्