नेपालगञ्ज – मुस्लिम समुदायले बकर–इद पर्व मनाउँदै छन् । ५ नम्बर प्रदेश सरकारले बकर–इदमा सार्वजनिक बिदा दिएपछि खुशी भएका मुस्लिम समुदायले हर्षोउल्लासका साथ बदर–इद मनाइरहेका छन् ।

नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामूहिक नमाज पढिएको छ । नमाज पढ्न टाढाटाढाबाट वीपीचोकमा आएका थिए । मस्जिदको परिसरमा नअटेपछि बाटोमा बसेर नमाज पढिएको थियो । इद र बकरइदमा वीपीचोकमा जम्मा हुँदा ठाउँ नपुगेर बाटोमा बसेर नमाज पढ्ने गरिँदै आएको छ ।

सामूहिक नमाज पढ्न शहरी विकास मन्त्री मो. इस्तियाक राइसमेत आएका थिए । ५ नम्बर प्रदेश सरकारले बदरइदमा सार्वजनिक बिदा दिएर राम्रो काम गरेको उनले प्रतिक्रिया दिए ।