काठमाडौँ – सञ्चालनमा आएको ६ दिनमै कलंकीको अण्डरपास एक हप्ताका लागि बन्द भएको छ। नेपालकै पहिलो अण्डरपास भदौ १ गतेदेखि सुरु भएको थियो ।

काम बाँकी रहेकाले बुधबारदेखि एक हप्ताका लागि बन्द गरिएको ट्राफिक प्रहरी तथा चक्रपथ सुधार आयोजनाले जनाएको छ । परीक्षणका लागि सुरु गरिएको अण्डरपास बुधबार बिहानदेखि बन्द भएको हो ।

तस्बिर-बर्षा शाह/देश सञ्‍चार

अण्डरपास परीक्षणकै लागि भए पनि सञ्चालनमा आउँदा कलंकी क्षेत्रमा हुने गरेको जाम धेरै हदसम्म हटेको थियो । अण्डरपास बन्द भएसँगै फेरि जामको समस्या बल्झिएको छ । अण्डरपासको लम्बाई ८ सय मिटर छ ।

भदौ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्