बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम र काम फरिने
काठमाडौँ– वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई व्यवस्थापन बोर्ड बनाइने भएको छ। संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिमा जवाफ दिँदै श्रममन्त्री बिष्टले अब सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्ने भन्दा पनि व्यवस्थापन गर्ने भएकाले बोर्डको नाम पनि परिवर्तन लागिएको बताएका हुन्।
नाम फेरिएसँगै बोर्डको काम पनि फेरिने भएको छ। अब पीडितलाई आर्थिक सहायतामा सीमित बोर्डले व्यवस्थापन तर्फ पनि काम गर्ने भएको छ। बोर्डको काम र भूमिकालाई पनि थप प्रभावकारी बनाउने गरी संशोधन प्रस्ताब अगाडि बढाएको बताएका छन्।
बोर्डले हाल वार्षिक १० हजार सिप तालिम दिने र पीडितलाई आर्थिक सहायता दिने काम गर्दै आएको छ।