कुकुर पनि हाम्रा गुरु

जीवन र प्रेमको बारेमा कुकुरबाट सिक्‍नुपर्ने १० सिकाइहरु

कुकुर, ठाउँ, परिवेश र समय अनुसार कुकुरको परिचय फरक फरक छन्। हाम्रो घरको पहरेदार, हामीलाई मनपर्ने जनावर, साथी अनि बाटोमा फोहोरको थुप्रो सुघ्दै हिड्ने जनावर।

हामीसँग लुटपुटिन खोज्ने, खानाको आश गर्ने कुकुर हाम्रो जीवनका गुरु पनि हुन सक्छन्। उनीहरुले हामीलाई कृतज्ञ, मायालु र दयालु, आफूलाई शान्तसँग प्रस्तुत हुन र खुसी राख्न पनि सिकाइरहेका हन्छन्।

खासमा कुकुर तपाईको खुसी हो, उनीहरु तपाईको अपराधका पनि साथी हुन्। उनीहरु हाम्रो मनशायमा प्रश्न नगरी हाम्रो कुरा सुन्छन्। उनीहरु हाम्रा आत्मिय छाया हुन्। इमान्दार, सुरक्षात्मक र सधैँ तपाईलाई देखेर खुसी हन्छन्। कुकुर विगत १८ हजार वर्षदेखि कुकुर मानिसको साथी भएको मानिन्छ। इतिहासमा नै कुकुर पहिलो घरपालुवा जनावरको रुपमा परिचित छ।

यदि तपाई आफ्नो घरमा कुनै प्यारो जीव ल्याउने सोच्दैहुनुहुन्छ भने, कुकुरलाई छुट्याउन सक्नुहुँदैन। किनभने हामीलाई उत्साह र उमंगले स्वागत गर्नेमा कुकुर भन्दा राम्रो अरु जनावर हुँदैन।

स्नेह खोज्ने र मायालु हुनुको साथै कुकुरले हामीलाई जीवनको मूल्यवान सिकाईहरु सिकाउने गर्छ। यहाँ हामीले कुकुरबाट मानिसले सिक्नु पर्ने व्यवहारको बारेमा उल्लेख गरेका छौँ।

१. हृदयलाई सुन्‍नुहोस्, अहंकारलाई होइन्


जुनसुकै दिन तपाइको अन्तिम दिन हुनसक्छ, त्यसैले व्यर्थ विषयमा छलफल गरेर आफ्नो जीवनको अमूल्य समयलाई खेर नफाल्नुस्। तपाईको दिनलाई केहि सम्झन लायक स्नेही बनाउनुस्। तपाईको मनसाय र क्रियाकलापहरु तपाइको हृदयबाट निर्देशित हुन्, अहंकारबाट होइन।

२. दुखसँग गाँसिइरहनु ठीक होइन्


उनीहरु केहि गुमाउदा शोकमा हुन्छन्, रुन्छन् पनि तर भविष्यमा हराउँदैनन्। सधैँ दुखीभइरहनु राम्रो होइन। अहिले भइरहेको कुरालाई स्वीकार्नु र पहिला भएको कदर गर्नुले माया र सम्झनाको साथ हामीलाई शोकबाट बाहिर निस्कन मद्दत गर्छ, र यो नै अन्त्य हो।

३. वर्तमानमा बाँच्नुपर्छ


कुकुरले मात्र अहिले गर्न लागेको काम, हिड्न लागेको बारेमा मात्र याद गर्छ। भोलि यो गर्छु भन्ने बारेमा उसले आज निर्णय गर्दैन।
हामी मानिसहरु भूतमा भएको हाम्रो गल्ती औल्याउन धेरै जान्ने छौ। त्यहि गल्तिले भोलि के निम्त्याउछ भन्ने नतिजा निकाल्न पनि जान्ने छौँ। तर वास्तवमा भोलि के हुन्छ भन्ने बारेमा हामीलाई थाहा पनि हुँदैन। त्यो क्षणलाई आफ्नो विकल्प रोज्ने अनुमति दिनुहोस्।

४. अधिक माया, एकदमै राम्रो


कुकुर मात्र यसको लागि हुन्, एकदमै धेरै मायाको लागि। नोक्सान र दुःख सबै मायाका कुरा हुन्। धेरै माया धेरै नोक्सान। र जानी जानी यो दुखी बनाउने प्रक्रियामा सहभागी भएर पनि त्यसलाई भद्र बनाइदिन्छन्। त्यसैले तपाईले जे पाउनुभएको छ, त्यो बाड्न खोज्नुहोस्। तपाईले दिएका कुराहरु अर्थपूर्ण हुन सक्छन्, त्यसको कारण माया हुनसक्छ।

५. इमान्दार र विश्‍वसनीय


कुकुर संगठित जनावर हुन् । उनीहरु आफ्नो समूहमा संगठित रुपमा बस्छन् र त्यहिँ खेल्छन् अनि लुक्छन् पनि । आफ्नो समूहको सुरक्षा गर्छन् । यसले हामीलाई मानव समुदायको संगठन र त्यसको सुरक्षालाई सम्झाउँछ ।

अरुलाई कसरी व्यवहार गर्ने भन्ने पनि कुकुरको संगठित व्यवहारले देखाउँछ । एक इमानदार र भर गर्न मिल्ने साथी, प्रेमी, सिब्लिङ्ग (दाइभाइ वा दिदीबहिनी), जीवनसाथी वा अभिभावक बन्न सकेमा हाम्रो जीवन धेरै अर्थमा सम्पन्न बन्छ ।

६. सामान्य कुरा सधैँ सामान्य हुँदैनन्

जब कुकुरले हामीलाई देख्छ तब उसले पुच्छर हल्लाउन थाल्छ। तपाई जुस्तो मुडमा हुनुहुन्छ, त्यो मतलबको कुरा हुँदैन। उनीहरु तपाईलाई चुम्बन गर्न चाहन्छन्, बेस्सरी आफ्नो मुखको चिसो लाग्ने गरी। तपाईले उसलाई जिस्काउनु भएको छ अथवा दुःख दिनु भएको छ भने पनि उनीहरुले एकैछिनमा तपाईलाई क्षमा दिन्छन्। बिना शर्त अरुलाई माया गर्नु गारो काम हो, तर यसले सबैलाई राम्रो बनाउँछ र हामीले मात्र प्रयास गर्नुपर्छ। सानो कुरामा खुसी खोज्नु मानिसले सिक्नु पर्ने कुरा हो।

७. आफैँलाई माया गर्नु महत्वपूर्ण छ,

उनीहरु बेला बेलामा झिंजिन्छन् र झगडा गर्छन्। आफूलाई शान्त पार्नु परेमा उनीहरु यसबाट पछि हट्छन् पनि। कुनै आत्म निर्णय हैन, मात्र एउटा राम्रो झगडा गर्छन् अनि शान्त। आफूलाई माया गर्नु सबैभन्दा महत्वपूर्ण छ। जब कुकुर कारमा घुम्न निस्कन्छ, हामी याद गर्न सक्छौँ, उनीहरु कारभन्दा बाहिर टाउँको निकाल्छन्, हावाको सुगन्ध दिमागमा भर्छन् र आफू पखेँटा फिजाएर उडेको महशुस गर्छन्। उनीहरु वास्ता नै गदैनन् कहाँ जान लागेको हो, उनीहरु मात्र त्यो क्षणको आनन्द लिन्छन्।

हुन त हाम्रो जीवनमा लक्ष्य निर्धारण गर्नु एकदमै आवश्यक छ, तर हामी बिर्सन्छौकी यात्रा कसरी गरिएको छ त्यसले धेरै महत्व राख्छ।

८. आफू खुसी भएको बेलामा उफ्रिऔ अनि मनाऔं

हामीले धेरै पटक देखेका छौँ की एउटा कुकुर कुनै वस्तु अथवा गुडिरहेको बल भेट्टाउन एकदमै उत्साहित भएर बेस्सरी दगुर्छ। हामी मानिसपनि कुनै वस्तु वा घटनाको बारेमा उत्साहित भयौँ भने त्यसको वरपर त्यसैगरी हिँडिरहेका हुन्छौँ।

हामी हाम्रो जीवन यति तिब्र गतिमा बिताइरहेका हुन्छौँ की जीवनमा उत्साहित हुने र राम्रो समयको खुसी मनाउन बिर्सन्छौँ। किनभने हामी त्यो भन्दा अगाडिको सोँचिरहेको हुन्छौँ। हामी एउटा चमत्कारी विश्वमा रहन्छौँ जहाँ सूर्य हरेक दिन आउँछ, फूल फक्रन्छन् र ऋतु परिवर्तन हुन्छन्। हामी खुसी हुनको लागि धेरै कुराहरु यो विश्वमा छन्।

९. माफी दिनुस् र बिर्सिदिनुस्


कसैलाई ठूलो स्वरले चिच्याउनु आफूसँग भएको असन्तुष्टिको भावना बाहिर आउनु हो। मानिस सायद एकमात्र प्रजाति हो जसमा क्रोध हुन्छ। एउटा कुकुर तपाईले हिजो राति ‘ट्रिट’ दिनुभएन भनेर तपाईसँग रिसाउँदैन। क्रोध सधैँ मनमा लिएर हिँड्नाले तपाई अगाडि बढ्ने बाटो बन्द हुन सक्छ। क्रोधलाई जीवनबाट जान दिनुस् र आफ्नै व्यक्तिगत स्वतन्त्रताको सिर्जना गर्नुहोस्।

१०. सधैँ खेल्नुहोस्


कुकुरलाई खेल्न सारै मन पर्छ, जसले शरीरको सबै अंगको अभ्यास पनि गराउँछ। दौडेर होस् अथवा उफ्रेर, त्यसैले पनि कुकुर फुर्तिला हुन्छन्। यो हाम्रो लागि पनि सिकाई हो, हाम्रो शरीरलाई फूर्तिलो बनाउन हामी हरेक दिन खेलकुद गर्नुपर्छ। खेलकुदले हाम्रो दिमागलाई पनि खुल्ला बनाउँछ र नयाँ नयाँ उपाय र सिर्जनशीलताको विकास गर्छ। हाम्रो व्यस्त जीवनका लागि यो धेरै आवश्यक छ।

स्रोत-वीटीफीड डटकमबाट

भदौ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्