छोरीलाई भेट्न नपाएपछि बलिउडका चर्चीत डान्सरले गरे आत्महत्या, रणवीरसँग गरेका थिए काम

रणबीर कपूरसँग अभिजीत शिंदे

बलिउडका चर्चीत डान्सर अभिजीत शिँदेले आत्महत्या गरेका छन् । उनले रणवीर सिंह, रणवीर कपूर लगायत बलिउडका ठूला कलाकारसँग काम गरेका थिए ।

उनलाई मुम्वई स्थित आफ्नै घरमा बिहान साढे ६ बजे पंखामा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो ।

उनका छिमेकीले अभिजीतको घरको ढोका खुला रहेको देखे, उनीहरु भित्र गएर हेर्दा अभिजीत पंखामा झुण्डीएको फेला परेका थिए । तत्काल उनलाई अस्पताल लगिएको थियो तर अस्पतालका डाक्टरले ३२ वर्षका अभिजीतलाई मृत घोषीत गरेका थिए ।

घटनास्थलमा प्रहरीले एक सुसाइड नोट फेला पारेको छ । जसमा अभिजीतले आफूले आत्महत्या गर्नुको कारण लेखेका छन् ।
‘ म आफ्नो बैंक एकाउन्ट छोरीको नाममा गर्न चाहन्छु, पत्नीले साथ छोडेपछि डिप्रेसनमा रहेका उनले लेखेका छन्, ‘मैले तीन महिनादेखि आफ्नो छोरीलाई भेटेको छैन ।’

प्रहरी अधिकारीहरुका अनुसार अभिजीतकी पत्नी तीन महिनादेखि आफ्नो आमासँग बस्दै आएकी थिइन् । उनले अभिजीतलाई छोरीसँग भेट गर्न दिएकी थिइनन् । जसकारण अभिजीत दुःखी थिए र डिप्रेशनको शिकार भए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

भदौ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्