चौतर्फी आलोचनापछि नेपाल प्रहरीमा खैलाबैला, पिसिसि बैठक बोलाइयो

नेपाल प्रहरी हेडक्वार्टर।

काठमाडौँ – विभिन्न अपराधिक घटनाको अनुसन्धानमा प्रहरीले देखाएको भूमिका शंकास्पद र चित्तबुझ्दो नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी संगठन भित्र खैलाबैला मच्चीएको छ ।

पछिल्लो पटक भक्तपुर इनकाउन्टर घटना र कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा प्रहरीको भूमिकाप्रति तिब्र असन्तुटी पोखिएको छ ।

दुवै घटनामा नक्कली अनुसन्धान गरेको आरोप प्रहरीले खेपीरहेको छ ।

यसैबीच प्रहरीले पछिल्ला घटनाको समिक्षा गर्न प्रहरीको पुलिस को-र्अडिनेसन कमिटी  (पिसिसि) को बिस्तारित बैठक बोलाएको छ।

प्रहरी प्रधान कार्यालयमा भइरहेकाे बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित उपलब्ध प्रहरी नायब महानिरीक्षक, वरिष्ठ उपरीक्षक र सम्बन्धित विभाग र कार्यालयका प्रमुख सहभागी हुने छन्।

बैठकमा समसामयिक घटनाक्रम र प्रहरीका नीतिगत एजेण्डामा छलफल हुने छ ।

प्रहरीकाे उच्च नेतृत्व सहभागी बैठकमा पछिल्ला घटनाक्रमको विषयमा गम्भीर छलफल र बिश्लेषण हुने एक प्रहरी अधिकारीले जानकारी दिए ।

भदौ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्