धुवाँ, धुलो र फोहोरका कारण श्वासप्रश्वासको बिरामी बढ्दो, कसरी बच्ने ?

काठमाडौँ- दैनिक रुपमा धुँलो, धुवाँ र फोहोर मैलाले काठमाडौंमा श्वासप्रश्वासको बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ग्राण्डी अस्पतालका डा.अमित गौलीले राजधानीको सडकमा उड्ने धुलो, धुवाँ र सडकमै फ्याकिने जथाभावी फोहोरको कारणले श्वासप्रश्वासको विरामी भइरहेको बताए।
उनले भने, ‘राजधानीमा जति फोहोर फ्याकिन्छ त्यति धेरै मानिसहरु रोगी हुन्छन्। उनीहरुनियमित रुपमा श्वासप्रश्वास सम्ब्नधि विरामीबाट ग्रसित भइरहन्छन्।यसले मानव स्वास्थ्यमा तत्कालीन असर त पार्छ नै। पछिसम्म पनि दीर्घकालिन असर समेत पार्छ।’
उनका अनुसार फोहोर मैला बढ्नाले राजधानीको बासीको स्वास्थ्य निक्कै जोखिममाम रहेको र समयमै समाधानका उपायहरु नअपनाइए
यसले दीर्घकालीन मानव स्वास्थ्यले जोखिम मोल्नु पर्ने परिस्थितिको सृजना हुने दावी गर्छन्।
उनी भन्छन्, ‘विशेषगरी यसको शिकार भनेको बुढाबुढी र बालबालिकामा बढ्दो रुपमा रहेको छ। फोहोर मैलाबाट निस्किने धुँलोको कण सबै फोक्सोमै गएर असर गर्छ भन्ने छनै। कतिपय अवस्थामा धुँलो कणहरु फोक्सो हुदै पेटमा जाने हुन्छ र पेट समबन्धि विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ।’
यसका साथै फोहोरमैलाकै कारण दिर्घकालीन रोगहरु ब्रोङकाइटिस, क्यान्सर जस्ता खतरनाक प्रकारको रोगले मानिसको ज्यानै समेत लिन सक्छ।
यसबाट बच्ने कसरी ?
- आफ्नो वरिपरी जथाभावी फोहोर नफाल्ने
- फोहोरमैलारहित समाजको निर्माण सबै मिलेर सहयोग गर्ने
- फोहोर आफूले सकेजति कम गर्ने,
- फोहोर मैला व्यवस्थापनमा सरिक हुने
- बाटोमा हिड्दा धुँलो, धुँवा छिर्ने मास्क नभइ (एन नाइन्टी) जस्ता विषेश माक्स प्रयोग गर्ने
- धुलो, धुँवा वा फाहोरमैलाका कारण आँखालाई पनि असर गर्ने हुदाँ सुरक्षित चस्माको प्रयोग गर्ने।
- छरछिमेकमा फोहोर जथाभावी फाल्नुहुन्न भनेर जनचेतना फैलाउने