बुवालाई सम्झिदै प्रियंकाले लेखिन्, ‘बाबा तपाई धेरै याद आउनुहुन्छ’

प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एउटा भिडियो शेयर गरिन्। यो भिडियो उनले आफ्नो पिता डा. अशोक चोपडालाई समर्पित गरेकी थिइन्। २३ अगस्ट प्रियंकाको बुवाको ६८ औँ जन्मजयन्ति हो। प्रियंकाको आफ्नो पितासँग धेरै बलियो सम्बन्ध थियो र उनी आफ्नो बाबाको जन्मदिनमा उनलाई धेरै ‘मिस’ गरिरहेकी थिइन्।

प्रियंकाले पोस्ट गरेको ४० मिनेटको भिडियोमा अशोक चोपडाको धेरै पुरानो फोटोलाई संग्रहित गरिएको छ। जसमा उनी आर्मिको कपडामा सजिएका छन्, यस्तै परिवारसँग बसेको र अभिनय गरेको फोटोहरु छन्।

Dad. U r so missed. Happy birthday. Always and forever.

A post shared by Priyanka Chopra (@priyankachopra) on

यो फोटोलाई उनले माइकल बोल्टनको गीत ‘फादर्स एण्ड डटर्स नेवर से गुडबाई’ सँगै बनाएकि छिन्।

प्रियंकाका बुवाको निधन क्यान्सरको कारणले भएको थियो। प्रियंका धेरैजसो सामाजिक सञ्जालमा आफ्नो बुवासँगको फोटो सार्वजनिक गर्छिन्। उनी बुावाको एकदमै नजिक थिइन्, उनको हातमा पनि बाबाप्रतिको माया देख्न सकिन्छ। जसमा लेखिएको छ, ‘ड्याडिज् लिटल गर्ल’

भदौ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्