१८ वर्षपछि ‘तीखो चुलेसीमा’को भिडियो रिमेक

काठमाडौँ– गीतकार एवंम गायक सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले म्युजिक भिडियो ल्याएका छन् । वर्देवाद्वारा कम्पोज गरिएको चुलेसीमा बोलको गीत संजिब सिंहले गाएका हुन् । गीतमा प्रकट पंगेनीको शब्द रहेको छ । सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनीसँगै मोडल एन्जी मुल्मी श्रेष्ठको अभिनय रहेको छ ।

रिमेक गरिएको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको हो । ‘गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो । यसको उद्धेश्य आदरणीय सुनिल दाईको सम्झना हो’, सुनोदले भने ।

सुनोदले यसअघि विर्सन सक्दिन, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका थिए । श्रेष्ठ एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवद्र्धनमा सक्रिय छन् ।

भदौ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्