बलिउडकी यी नायिका सडकमा तरकारी बेच्दै देखिइन्, चिन्नै मुश्किल

बलिउड नायिका अदा शर्मा आफ्नो डान्सको भिडियोको बारेमा जहिले चर्चामा रहन्छिन्। यसैबिच उनको यस्तो फोटोहरु सार्वजनिक भएको छ, जसमा उनले मैलो साडी लगाएकी छिन्, उनको कपाल चटक्क मिलाएर कोरिएको छैन। उनले अनुहारमा केहि पनि श्रृंगार गरेकी छैनन्। उनी यस्तो स्वरुपमा तरकारी बेचिरहेकी छन्।

खासमा अदा शर्माको यो फोटो उनको आउँदै गरेका नयाँ चलचित्रको लागि लिइएको ‘लुक टेस्ट’ को बेलाको हो। अदाले एक हलिउड चलचित्रको लागि अडिसन पनि दिएकी छिन्। यसै सिलसिलामा लिइएको उनको फोटो सार्वजनिक भएको हो। यो चलचित्रमा उनले काम गर्ने भइन् अथवा भइनन्, उनको भूमिका कति छ त्यो भने थाहा छैन।

आदा शर्माले ‘हम हे राहिँ प्यार के’ र ‘हँसि तो फसि’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन्। तर यो चलचित्र धेरै भने चलेनन्। त्यसपछि उनलाई ठूलो प्रोजेक्टमा काम गर्ने अवसर भने मिलेको छैन। उनी पछिल्लो पटक सन् २०१७ मा सार्वजनिक भएको चलचित्र ‘कमाण्डो’ मा देखिएकी थिइन्।

भदौ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्