माइक्रोबसले मोटरसाइकल र कारलाई ठक्कर दिएपछि ३ जना घाइते

जनकपुरधाम – सिरहाको बन्दीपुरमा माइक्रोबसले मोटरसाइकल र कारलाई ठक्कर दिदा दिदा ३ जना घाइते भएका छन् । दुर्घटनामा को २१ प २०९६ नम्बरको मोटरसाइकल चालक सहित बा १५ च ८८५ नम्बरको कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते भएका तीनै जनालाई धरान रेफर गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बन्दीपुर ३ सुन्दरपुरमा शनिबार साँझ बा ४ ख ५१८० नम्बरको माइक्रोबसले मोटरसाइकल र कारलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

तिब्र गतिमा रहेको माइक्रोबसले कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शी जलेश्वर पासवानले जानकारी दिए ।

भदौ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्