काठमाडौँ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन तथा जनै पूर्णिमा आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

जनै पूर्णिमाको दिन बिहानै पशुपतिनाथ मन्दिर पुग्दा त्यहाँ विशेष गरी बटुकहरुको नित्यकर्म र जनै फेर्ने विधिको रौनक थियो ।

देश सञ्चारकी बर्षा शाहले बिहानै पशुपति पुगेर बटुकहरुको जनै फेर्ने प्रक्रियालाई तस्बिरमा समेटेकी छन् ।