‘भारत’ मा सलमान-कटरिनाको जोडी : फस्ट लुक भयो भाइरल

अली अब्बास जफरको निर्देशनमा बन्न लागेको चलचित्र ‘भारत’ मा सलमान खान र कटरिना कैफको फस्ट लुक सार्वजनिक भएको छ । सलमान खान आफैले यो तस्बिरलाई आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

तस्बिरमा सुटबुट लगाएका सलमान जुंगा पालेको अवस्थामा देखिएका छन् भने कटरिनाले हरियो रंगको लेहंगा लगाएकी छन् । दुवैजनाको यो तस्बिर निकै शुन्दर देखिएको छ र सामाजिक सञ्जालमा पनि यो तस्बिरले राम्रो प्रतिक्रिया पाएको छ ।

#Bharat @bharat_thefilm

A post shared by Salman Khan (@beingsalmankhan) on

यो तस्बिर शेयर भएको एक घण्टामा मात्रै ६ लाख भन्दा बढी मानिसले लाइक गरेका छन् । सलमान खानको चलचित्र ‘भारत’ मा कटरिना त्यो अभिनय गर्दैछिन् जो अभिनेत्री प्रियंका चोपडाले छोडेकी थिइन् ।

प्रियंकाले यो चलचित्रमा साइन गरेकी थिइन् तर उनको निजि कारणले उनले यो चलचित्र छोड्नुपरेको बताएकी छन् । यसपछि यो चलचित्र कटरीनाले पाएकी थिइन् ।

सलमान र कटरिनाको जोडी बलिउडमा धेरै चर्चित जोडी हो । यो जोडीले जहिले पनि पर्दामा आउदा बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । भारत मा दुवै जनाको फस्ट लुक सार्वजनिक भएपछि दर्शकहरु यसको ट्रेलर पर्खीरहेका छन् ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्