बुढो हुने गति कम गराउने क्वाँटी, स्मरण शक्ति पनि बढाउने

रक्षाबन्धन या जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटी जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो ।
भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । गेडागुडीको मिश्रणलाई तीनदेखि चार भिजाएर टुसा उम्रिएपछि पकाइन्छ ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार मस्याङ, मुगी, चना, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ तथा सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। अर्थात टुसा उम्रिएको गेडागुडीको सुप खानाले धेरै स्वास्थ्य समस्याबाट राहत मिल्छ ।
क्वाँटीले स्वास्थ्यमा गर्ने फाइदा
कब्जियतको समस्या हटाउँछ ।
मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
यसले बुढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त पार्दछ ।
तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
यो सजिलै पाच्य हुन्छ ।
पेटमा अनावश्यक वायु बनाउँदैन ।
क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
रोगी, बालबालिका, गर्भवती तथा बृद्धमा हुने कुपोषण हटाउँछ ।
क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मुत्रनलीमा संक्रमणजस्ता समस्या कम हुन्छ ।