फोटो फिचर

जनै तथा रक्षाबन्धन र जोडिएका भरोसाहरु

काठमाडौँ – विशेष गरी हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरमा प्रायः चाडपर्वमा दर्शनार्थीको घुईँचो लाग्छ । आइतबार विशेष गरी हिन्दुहरुको पर्व जनैपूर्णिमा परेकाले त्यहाँ पुगेर जनै फेर्ने तथा रक्षाबन्धन धारण गर्नेहरु धेरै छन् ।

तागधारीहरुले विशेष रुपले मन्तरेर शुद्ध पारिएको जनै यो दिन फेर्ने गर्दछन् । यस्तै तागधारीसहित अरुले रक्षाबन्धन पनि धारण गर्छन् । आज धारण गरिएको रक्षा बन्धन तिहासमा गाई पूजाको दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी पार गरिने विश्वास छ ।

विज्ञापन

पशुपछि परिषरमा आइतबार बिहानैदेखि जनै लगाउने तथा लगाइदिनेहरु, रक्षाबन्धन धारण गर्नेहरुको भिड छ । देश सञ्चारकी बर्षा शाहले पशुपतिमा पुगेर जनै तथा रक्षाबन्ध लगाउने र लगाइदिनेहरुका केही तस्बिर खिचेकी छन् ।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू