राजधानीमा १४ वर्षीय बालिका बलात्कृत

 काठमाडौं- काठमाडौंको नेपालटारमा एक १४ वर्षीय बालिका बलात्कृत भएकी छिन्।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई पक्राउ गरेको छ। बोहराले शनिबार साँझ मादक पदार्थ सेवन गरेपछि ती बालिकालाई बलात्कार गरेको प्रहरीको दावी छ।

महानगरीय प्रहरी वृत बालाजुका डीएसपी चिरन्जिवी कोइरालाका अनुसार बलात्कृत युवती नेपालटारकै एक खाजा पसलमा काम गर्थिन्। डीएसपीले थप अनुसन्धान भईरहेको जानकारी दिए।

 

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्